पर्सा क्षेत्र नं. तीनमा फोरमबाट टिकट खरिद गरेका हरिनारायण र राजकुमार यादव बीच काँटाको टक्कर

32

वीरगंज, १० मंसिर ।
निर्माण कार्यलाई धन आर्जनको माध्यम बनाएर जिविका चलाउँदै आएका पप्पु कन्सट्रक्सनका प्रोप्राइटर हरिनारायण रौनियारको वास्तविक चरित्र विध्वंशकारी रहेको छ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने बानी परिसकेका विकास भन्दा विनाश मन पराउने रौनियारलाई एसीयाली विकास (एडिबी) बैंकले नेपालगन्जको जमुनाहा–राझाँ सडकखण्ड निर्माणमा गरेको बदमासीलाई पुष्टि गरेर गत साउन महिनामा रु साढे पाँच करोड जरिवाना तिराएको थियो । त्यही हरिनारायण रौनियार अहिले पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाको सदस्य पदमा चुनाव लडिरहेका छन् । शहादतको जगमा उभिएको संघीय समाजवादी फोरम नेपाल पार्टीले पैसा बुझेर शहिदको मर्म र भावना विपरित हरिनारायणलाई टिकट दियो । त्यो हरिनारायण अहिले आफु मुलुक बनाउँछु, विकास गर्छु भन्दै जनतालाई ‘मजाक’ बनाएर हिडिरहेका छन् । आचारसंहिताको धज्जी उडाउँदै उनका छोरा सुमित रौनियारले वीरगंजमा बसीरहेका तथा कथित संचारकर्मी भनाउदाहरुसंग ‘पेडन्युज’ प्रकाशन गराएर दुनियालाई दिग्भ्रमित गरिरहेका छन् । विभिन्न संचार माध्यममा पप्पुका काला कर्तुतका गाथाहरु नै पटक–पटक प्रकाशित भइसकेका र भईरहेका छन् ।
रौतहटको लालबकैयामा दुई वर्षअघि निर्माण गरेको पुल कार्तिक महिनामा भाँसिएको थियो त्यो पुल हरिनारायणले नै बनाएका थिए भने बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल पनि भाँचिएको समाचार कार्तिक महिनामै प्रकाशित भईसकेको छ ।
पप्पुले नै जिम्मा लिएको बर्दिया गुलरियाको बैदीचोकदेखि मगरागाडी जोड्ने सडकको काम पनि विवादित नै छ । हुलाकी मार्गमा पर्ने झापाको कन्काई पुलको निर्माणमा पनि पप्पुको लापरवाही देखिएको छ । पप्पुले अलपत्र छाडेको अर्को पुल हो, पृथ्वी राजमार्गबाट भुम्लीचोक–बुटार जोड्ने गरी त्रिशूली नदीमाथि मोटरेबल पुल । यसको निर्माण पनि निकै सुस्त छ ।
पप्पुले निर्माण गरिरहेको धनुषा र सिरहा जोड्ने हुलाकी मार्गको कमला नदीमाथिको पुलको काम पनि समयमै पुरा भएन । चार सय ५० मिटरको पुल निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अलपत्र नै छ ।
कञ्चनपुरको दजीखोला पुल, कैलालीको शिवगंगा पुल, पर्साका नौरंगिया, बेदाहा, तिलाबे खोलाका पुल, रौतहटका लमाहा, चाँदी, तरहरा झाँझ पुल तथा त्रिशुली, कमला र भेरी नदी पुल पनि जिम्मा लिएर हरिनारायणले लट्काएका छन् । यस्ता भ्रष्ट प्रवृतिका व्यक्तिलाई संघीय समाजवादी फोरमले कसरी टिकट दियो त्यो सहजै अनुमान लगाउन सकिन्छ । नेपालको बाम आन्दोनलनका एक योद्धा प्रहलाद गिरी रौनियारको मातहतमा त्यही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य पदमा किन लडिरहेका छन् । आम मतदाताहरुले सहजै बुझ्ने कुरा हो । हामीले पाएको जानकारी अनुसार रौनियार र राजकुमार यादव बीच तेस्रो नम्बरको लागि भयङ्कर संघर्ष चलिरहेको छ । लडाइ सुरेन्द्र चौधरी र राजकुमार गुप्ता बीच नै रहेको त्यहाका मतदाताहरु बताउछन् ।

https://ankushdaily.com/