मधेश आन्दोलनलाई कमाउने भाँडो बनाएकाहरु संग सावधान रहन अजय चौरसियाको आग्रह

51

वीरगंज ।
बाम गठबन्धनले मुलुक कब्जा गर्न खोजीरहेको बखत लोकतन्त्रको रक्षाको लागि जनताले कांग्रेसलाई मत दिन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधी सभाका उम्मेदवार अजय कुमार चौरसियाले आग्रह गरेका छन् । उदयपुर घुर्मीको जसौलीमा घरदैलो कार्यक्रम गर्दाको बखत त्यहा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईतबार चौरसियाले मधेश आन्दोलनलाई कमाउने भाँडो बनाएकाहरु आज घोर मधेशवादी भएर निस्किएको आरोप लगाएका छन् । चौरसियासंगै प्रदेश सभा सदस्यका उम्मेदवार राजेश्वर साह तेलीको पनि उपस्थिती रहेको थियो । यसैगरी नेपाली काँग्रेस पर्साले आईतबार वीरगन्जको भिस्वामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटाले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका बीरहरुको शहादतलाई भर्‍याङ्ग बनाई सम्पत्ती जोडन पल्केकाहरुलाई जनताले आफ्नो मतबाट जवाफ दिने बताउनु भयो । जनताको विश्वासलाई आन्दोलनका क्रममा क्षत–विक्षत पारी धन कमाउनेलाई मेधसी जनताले पहिचान गरी सकेको र मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गरी कडा जवाफ दिने सांसदका उम्मेददवार रुङ्गटाले भन्नु भयो ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरेका एक सय भन्दा बढीले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ भिस्वाका युवा नेता पप्पु सिंह आफ्नो पुरा दलबलका साथ कांग्रेसमा प्रवेश गरेका छन् । पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदी, क्षेत्र नम्बर १ बाट सांसद पदका उम्मेदवार अनिल रुङ्गटा, क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा पदका उम्मेदवार विजय सर्राफ, नेपाली कांग्रेसका कोषाध्यक्ष लगायतले नव प्रवेशीलाई अबिरको टिका लगाई पार्टीमा प्रवेश गराएका थिए ।
त्यस्तै राधेमाई तेजारथ टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य राम नारायण कुर्मी लगायत नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।

https://ankushdaily.com/