रिजाल र क्षेत्रीद्वारा घरदैलो तथा छलफल कार्यक्रम

71

वीरगञ्ज  ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रमेश रिजालले मंगलबार क्षेत्र नम्बर ४ अन्तर्गतको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमँगलापुर, बुडगाँइ, झलमैया लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार बशिष्ठ नारायण कुर्मी, श्रीकान्त यादव, रामदेव चौहान, भुपेन्द्र तिवारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी पर्सा क्षेत्र नम्बर ३ प्रदेशसभा सदस्य पदका उम्मेदवार जनार्दन सिँह क्षेत्रीले मंगलबार आफ्नो क्षेत्र अन्तर्गतका झौवा, मधवल, अमरपट्टी, धोरे लगायतका गाउँहरुमा कार्यकर्ता भेटघाट तथा छलफल गर्नुभएको छ ।
आसन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउनका लागि नेता सिँहले गाउँ–गाउँका ईकाई कमिटीहरुको माध्यमले काँग्रेसको पक्षमा जनमत बढाउनका लागि राजनितीक समन्वय गर्नुभएको हो । कार्यक्रममा गाउँ ईकाई कमिटीका सभापति तथा अन्य स्थानिय नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/