प्रधानमन्त्री देउवाद्वारा महामानव वि.पी.को अपमान

68

वीरगंज ।
चुनावी सभालाई सम्बोधन गर्न आउनु भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. वि.पी. कोइरालाको अपमान गरेका छन् ।
हेलिकप्टर चढेर वीरगंजको सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री देउवा हस्या· फस्या· गर्दै मञ्चमा चढेर डाइरेक्ट सभालाई सम्बोधन गर्न गए । त्यहाँ नेपाली कांग्रेस पर्साका पार्टी सभापति अजय द्विवेदीले कार्यक्रम उद्घाटन एवं वि.पी.को तस्बिरमा माल्यार्पण गर्न छुट्यो भनेपछि देउवा हतार–हतारमा मञ्च माथिबाटै तल रहेको वि.पी.को तस्बिर माथि माल्यार्पण गरी तल रहेको कुसुन्डामाथि राखेर दीप प्रज्वलित गरेका थिए । देउवाको यो चर्तिकला देखेपछि अधिकांश पुराना कांग्रेसीहरु आम सभा स्थल मै रुष्ट भएका थिए । नेपाली कांग्रेसका संस्थापक महामानव जननेता स्व. वि.पी. कोइराला प्रतिको यो अपमान पर्साका कांग्रेसीलाई पचेको छैन ।

https://ankushdaily.com/