मेयर सरावगीको साहसीक निर्णय

14

वीरगंज ।
वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीले दलीय स्वार्थ भन्दा माथि उठेर आफ्नो पार्टी संग कुनै सरसल्लाह नगरी साहसी निर्णय गरेका छन् । संघीय समाजवादी फोरम नेपालका दुई नं. प्रदेशका कोषाध्यक्ष समेत रहेका सरावगीले माअ‍ोवादी निकट प्रेस सेन्टर नेपालका सचिवालय सदस्य गोबिन्द देवकोटालाई प्रेस सल्लाहकार र बिद्यार्थीकालमा अखिल निकट भए तापनि वकिल भइसकेपछि नेपाली कांग्रेस निकट रहेको डेमेक्रेटिक लयर एसोसिएसनका सदस्य कलम मोहन पोखरेललाई कानुनी सल्लाहकार नियुक्त गरेका छन् । सरावगीको यो नियुक्तिलाई पर्यवेक्षकहरुले सबैलाई मिलाएर हिड्ने साहसीक निर्णयको संज्ञा दिएका छन् ।