मधेशी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने छु : नेता रुंगटा

11

वीरगञ्ज, १६ मंसिर ।
पर्सा क्षेत्र नम्बर १ का लागि नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अनिल रुगटाले आज विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चोर्नीको रामवन र चोर्नी टोलमा घरदैलो सम्पन्न गर्नुभएको छ ।
घरदैलो कार्यक्रममा सर्वसाधारण मतदाताहरुको व्यापक सहभागीता रहेको थियो । घरदैलो कार्यक्रम कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रतिनिधी सभा उम्मेदवार अनिल रुगंटाले यो एरिया औधोगिक क्षेत्र नजिक भएको हुनाले धेरै भन्दा धेरै लगानी भित्र्याई उधोग संचालनमा ल्याई युवाहरुलाई रोजगारी दिलाउने र विदेश पलायन बाट रोक लगाउने तर्फ काम गर्ने बताए । उम्मेदवार रुगंटाले मधेशको समस्या नेपाली कांग्रेसले मात्र बुझेको बताउदै संविधान संसोधन पनि नेपाली कांग्रेसले नै गर्ने बताए । मधेश आन्दोलनको बेला मधेशीलाई लुटने व्यक्ति आज तपाईहरु माझ ठुलो मधेशवादि नेता भएर आएको छ त्यस्ताहरु संग सावधान रहन आग्रह गर्नु भयो । वहाले अब निर्वाचन पछि अधिकारको कुरा नहुने र विकासको मात्र कुरा हुने बताए । तसर्थ नेपाली कांग्रेसलाई अत्याधिक मतले विजय गराउनु पर्छ भन्नुभयो । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मी , तरुण दलका अध्यक्ष विरेन्द्र पटेल , रामनारायाण पटेल , अलिहसन, सिपाही मिया , नेवि संघका राकेश यादव, दिलीपराज कार्की र राहुल कर्ण लगायतका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।