शेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

13

वीरगन्ज, २६ मंसिर ।
आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा शेयर सम्बन्धी साक्षरता कार्यक्रमहरु हुन थालेको छ ।
शेयर लगानीका लागि ब्रोकर कम्पनीहरुको शाखा समेत विस्तार गरिएको वीरगन्जमा शेयर लगानीमा सर्वसाधारणहरुको पनि चासो बढ्न थालेपछि शेयर सम्बन्धी जानकारी दिने साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।
मंगलबार सिडिएस एण्ड क्लियरि· लिमिटेडको आयोजना तथा युनाईटेड फाईनान्स लि., प्राईमो सेक्यूरिटिज प्रा.लि. र वीरगञ्ज उद्योग वाणिज्य संघको सहआयोजनामा सि—आस्वा र डि—म्याट सम्बन्धि लगानीकर्ता साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख आतिथि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सिडिएस एण्ड क्लियरि· लिमिटेडका अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका चन्द्रसिंह साउद, सि.डि.एस. एण्ड क्लियरि· लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र वाग्लेले शेयर लगानीको बारेमा जानकारी दिएका थिए ।
त्यस्तै नेपाल ईन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष तथा युनाईटेड फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्नद बहादुर श्रेष्ठ, शेयर ब्रोकर कम्पनी प्राईमो सेक्यूरिटिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्याय र सि.डि.एस. एण्ड क्लियरि· लिमिटेडका प्रमुख सूचना तथा प्रविधि अधिकृत श्री सुरेश न्यौपानेले डि—म्याट र सि—आस्वाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
करिब ८० जना सहभागी उक्त कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको संचालन युनाईटेड फाईनान्स लिमिटेड, वीरगञ्ज शाखाका शाखा प्रवन्धक मनिष आचार्यले गरेका थिए ।