पर्सामा करेन्ट लागेर एक युवकको मृत्यु

59
वीरगंज, २ पुस ।
पर्साको जिराभवानी गाउँपालिकामा आईतबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वार्ड नम्बर ३ जितपुरका भुलाही महरा चमार रहेका छन् । आईतबार बिहान नौ बजे तिर आफ्नै बारीमा काम गरिरहेको बेला निक्कै तल झुण्डिएको बिधुतको पोलको तारमा छोइएर चमारलाइ करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका चमारलाई उपचारको लागि बिरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा ल्याउदै गर्दा बाटो मै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक रामराजा पौडेलले जानकारी दिनुभयो । चमारको शव पोस्टमार्टमका लागि नारायणी उप क्षेत्रीय अस्पताल बिरगंजमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
https://ankushdaily.com/