वीरगंज, २ पुस । दिन प्रतिदिन बढदै गएको जाडोले गर्दा जाडो छल्न न्यानो उनीका कपडाहरुको बिक्री बिरगञ्ज बजारमा बढेको छ । मंसिर सम्म जाडो समान्य नै रहेको र पुषको पहिलो सातादेखि नै ह्वातै जाडो बढेकोले अत्याधिक चिसोबाट बच्न न्यानो कपडा किन्न कपडाका पसलहरुमा ग्राहकहरुको भिड लाग्ने गरेको छ । जाडोबाट बच्न न्यानो कपडा खरिद गर्न पर्सा जिल्लाका गाउँ गाउँबाट दिनहु उपभोक्ताहरु बिरगञ्जका बिभिन्न पसलहरुमा आउने गरेका कारण कपडाको ब्यावसाय फस्टाउदै गएकोले कपडा ब्यावसायीहरु उत्साहित बनेका छन । बढदै गरेका जाडोबाट बच्न न्यानो उनीका कपडा लगायतका समान बिक्री हुने पसलहरुमा भीड बढेको हो । दिनदिनै ग्राहक बढदै पहिला दिनमा थोरै कपडामात्र बिक्री हुने गर्दथ्यो तर जाडो बढेपछि न्यानो कपडाको बिक्री ह्वात्तै बढेकोले कुरा बिरगञ्जको हंगकंग बजारमा कपडा पसल सञ्चालन गर्दै आएका रामप्रबेश यादवले बताउनुभयो । यादवले भने पसलमा ग्राहकहरुको भीडभाड हुने गरेकोले बिक्री पनि फस्टाएको छ । यस्तै बीरगञ्ज,परवानीपुर पोखरिया बहुदरामाई नगरपालिका लगायतका ठाउँहरुमा सिरक र डसनाको बिक्री बढेको छ । पहिला पहिला रुई धुनाई गर्दा दैनिक रुपमा एक दूई वटा मात्र परिक डसना बनाउन सकिन्थयो अहिले आएर मेसिनबाट रुई धुनाई गरि दिनभरिमा ६ देखि ७ वटा सम्म सिरक डसना तयार पार्न सकिन्छ । कारिगर समसुल आलमले बताउनुभयो । सिरक डसना बनाउने ग्राहकको संख्या बढेपछि बनाउने कारिगरको पनि पर्सा जिल्लामा कमि देखिएको छ । खासगरि छिमेकी भारत बिहारबाट कारिगरहरु आउने गरेकाले यहाँ कारिगरको कमि देखिएको एक ब्यापारीले जानकारी दिए ।