सेस्मी इन्टरनेशनल स्कुलद्वारा खेलकुद प्रतियोगिताको आयोजना

14

वीरगंज, २ पुष । सेस्मी इन्टरनेशनल स्कुल वीरगंजद्वारा साता व्यापी खेलकुद प्रतियोगिता आईतबारबाट शुरु गरिएको छ । विद्यार्थीहरुको शारीरिक एवं मानसिक वृद्धि र विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलले वार्षिक रुपमा साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा एथिलेटिक्स लगायत ब्याडमिन्टन, भलिबल, क्रिकेट, हाईजम्प, लंगजम्प, लगायतका खेलहरुको प्रतियोगिता आयोजना गरिएको स्कुलका शिक्षक मोनालाल यादवले बताउनु भयो । स्कुलकी प्रिन्सिपल आश्मा सिंह यादवको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा लायन्स क्लबकी एम्बेस्डर अफ गभर्नर एवं जीवन ज्योति उच्च मा.वि.की निर्देशिका मिनाक्षी गुप्ता, लायन्स क्लबकी रिजन चेयरपर्सन रेखा वैद्य, हिमालय टेलिभिजनका क्षेत्रिय ब्युरो प्रमुख विजय कुशवाहा, स्कुलका निर्देशकद्वय मनोज यादव, धर्मेन्द्र यादव, भाईस प्रिन्सिपल अन्जु वर्मा, शिक्षकहरु ममता प्रिया जयसवाल, रुपा सोनी, बिना कर्ण, ओम प्रकाश पटेल, अस्मिता परियार, बन्दना पंजियार लगायतको उल्लेख्यनीय सहभागिता रहेको थियो ।