१० लाख फुत्काउन वडाध्यक्षलाई १ लाख घुषको प्रस्ताव

52

जितपुर,सिमरा, २ पुष । जितपुरसिमरा उप महानगरपालिका वडा नं ८ मा एक वृद्धको १० लाख फुत्काउन आफ्नै छोराले वडाध्यक्षलाई १ लाख घुसको प्रस्ताव गरेका छन् । झण्डै ९० वर्षिय वृद्ध लक्ष्मीमिया देविको नाममा रहेको १० लाख रुपैया फुत्काउन उनकै जेठा छोराले वडाध्यक्ष रामबाबु पटेललाई १ लाख रुपैयाँ घुस दिने प्रस्ताव गरेका थिए । तर, वडाध्यक्ष पटेलले आफु स्थानियहरुको न्यायका लागि बिजयी भएकोले घुस लिएर कुनै काम नगर्ने बताउनुभयो । हाल वृद्ध लक्ष्मिमिया देवि आफ्नो कान्छो छोरासँग बस्दै आएकी छिन् । तर वृद्धको नाममा रहेको सम्पति भने जेठो छोराले हडप्न खोजेको जितपुरसिमरा उप महानगरपालिका वडा नं ८ वडाअध्यक्ष रामबाबु पौडेलले जानकारी दिनुभयो । वडाअध्यक्ष पटेलले वृद्ध आमाको नाममा भएको सम्पति आफुलाई दिए १ लाख रुपैयाँ घुस स्वरुप दिने जेठो छोरावाट प्रस्ताव आएको बताउनुभयो । सो विषयलाई लिएर वडाध्यक्ष पटेलले जेठो, कान्छो छोरा र गाँउलेलाई लाई समेत वडा कार्यलयमा बोलाएर छलफल गर्ने जानकारी दिनुभयो । वडाअध्यक्ष पटेलले कान्छो छोराले वृद्धको हेरविचार गर्ने गरेको तर, वृद्धको नाममा रहेका सम्पति जेठो छोराले हडप्न खोजेको दावी गर्नुभएको छ । वृद्धको २ छोरा र ४ छोरी छन् । वृद्ध लक्ष्मीदेविकी कान्छी बुहारीले भने न्यायका लागि आफु वडा कार्यालय आएको बताईन् । २० वर्षपछि स्थानिय तहले जनप्रतिनिधि पाँउदा स्थानियहरुले अहिले सामान्य समस्याका लागि पनि प्रहरी चौकी धाउनुपर्ने समस्यावाट छुट्कारा पाएका छन् । वडाअध्यक्ष पटेलले वडाअध्यक्षको कार्यभार सम्हालेपछि घरझगडा, बहुविवाह , जग्गाजमिन मिचेको, बालबिवाह, दाईजो लगायतका २ दर्जन भन्दा बढि स्थानिय समस्याको समाधान वडा कार्यलयबाट भएको बताउनुभयो ।

https://ankushdaily.com/