दलालहरुको पत्ता साफ क्लिड्ढर नेपाल आउछ : भारतीय सांसद डा. जयसवाल

11

वीरगंज, ९ पुस ।
नेपालको लागि भारतबाट आउने क्लिड्ढर अब सोझै ड्राइपोर्ट आउने भएको छ । क्लिड्ढरको कारण प्रदुषण समस्या देखाएर केही दलालहरु करोडौ कमाउन खोजेको आरोप लगाउदै उनीहरुको योजना माथि तुसारापात भएको भाजपा सांसद डा. संजय कुमार जयसवालले बताउनु भएको छ । सांसद जयसवालले सोमबार कानकोरको सिएमडी र इष्ट सेन्टर रेल्वेको सिओएमआर यहा आउने र नेपालको ड्राइपोर्ट सम्म गएर अध्ययन गर्ने बताउनु भयो । रेल मन्त्रालयको निर्देशनमा यो सबै काम भइरहेको भन्दै सांसद जयसवालले हामी असली बिमारी पत्ता लगाइसकेको कारणले दलालहरुको योजनामा पानी फेरिसकेको बताउनु भयो । रक्सौल र वीरगंजको ट्राफिक जाम क्लिड्ढरको कारणले बढी हु्दै गएकोले अब सो को समस्या पनि केही समाधान हुने वहाले बताउनु भयो । केही दलालहरुले यो क्लिड्ढर समस्यालाई कमाइ खाने भाँडो बनाएकाले उनीहरु वास्तविक समस्या प्रति केन्द्रित नभएको डा. जयसवालको कथन थियो ।