द्रुत मार्ग सम्बन्धि अन्तरक्रिया

56

सिमरा, ९ पुस ।
सर्वाधिक चासोको रुपमा रहेको फास्ट ट्रयाक निर्माणको बारेमा आज सरोकारवालासंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मुल व्यवस्थापन तथा सरोकार समितिको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा सरोकारवाला सहित स्थानीयको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बिभिन्न निकायका अधिकारीहरुले दु्रतमार्ग निर्माणमा आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैगरी नेपाली सेनाका सहायक रथी भरत बहादुर खड्काले आयोजनाका बारेमा जानकारी गराउँदै समस्या बारेमा ध्यानाकर्षण गराउनु भएको थियो ।
दु्रतमार्ग प्रवेशद्वारमा सम्पन्न गरीएको कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चाय, होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी प्रसाद बजगाई, टांगिया सरोकार समितिका अध्यक्ष रमेश सापकोटा, पैदल यात्री बेनी बहादुर मोक्तान लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निजगढ प्रमुख मनोज कुमार मिश्र, निजगढ नगर विकास समितिका प्रमुख कृष्ण प्रसाद खरेल, उद्योग वाणिज्य संघ निजगढ शाखाका कार्यवाहक अध्यक्ष र बिकुमा बर्तौला, चुरे भावर संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष युवराज लामा लगायतको उपस्थिती रहेको थियो ।
सरोकार समितिका संयोजक र बिराज दंगलले कार्यक्रमको बारेमा जानकारी गराउँदै स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरेर फास्ट ट्रयाक ४ वर्षभित्र निर्माण सम्पन्न गराउन सबैले निरन्तर निगरानी गर्नुपर्ने बताउनुभयो ।

https://ankushdaily.com/