वीरगञ्जलाई राजधानी बनाउन बाराका यूवाहरु सक्रिय

30

सिमरा, ९ पुस ।
वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दै बाराका यूवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आईतबार ज्ञापन पत्र पठाएका छन् । नेपाली काँग्रेसकी नेतृ एवं पुर्व राज्यमन्त्री कलावती पासवानको नेतृत्वमा रहेका विभिन्न राजनीतिक दलका भातृ संगठनमा आवद्ध यूवाहरुले आईतबार जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।
बाराका निमित्त प्रमूख जिल्ला अधिकारी मुकेश केशरीलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा भेटेर प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले सम्बद्ध यूवा संघका केन्द्रिय सदस्य ध्रुुब यादव, पुरुषोतम साह, माओबादी केन्द्रका मुकेश साह, हसनजान अंसारी, नेविसंघका राकेश पाण्डे, दिपेन्द्र पटेल, पुरुषोतम पटेल, नेपाली काँग्रेसका केदार साह लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/