Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

हकिमको लोभले हजारौंको ज्यान जोखिममा, बारा पर्साका सबै ग्यास उद्योग मापदण्ड विपरित – Ankush Daily

हकिमको लोभले हजारौंको ज्यान जोखिममा, बारा पर्साका सबै ग्यास उद्योग मापदण्ड विपरित

47

वीरगन्ज , १० पुस ।
बारा /पर्सामा संचालित रहेका सबै ग्याँस उद्योग मापदण्ड विपरित रहेका छन । बारा पर्सामा रहेका ७ वटा ग्याँस रिफिलिङ्ग स्टेशन (बोटलि· प्लान्ट) नेपाल सरकारले तोके बमोजिमको सुरक्षा मापदण्ड र स्थानमा निर्माण नभएको कारण हजारौ सर्वसाधारणको ज्यान जोखिममा पारेको छ ।
सुपुर ग्याँसमा भएको आगलागीमा परी दुई जना अग्नी नियन्त्रणक कै मृत्युले ग्याँस उद्योग संचालनमा कर्मचारीले लाखौं रुपैया नजराना बुझ्ने गरेको तथ्य खुलाशा भएको हो ।
मानव बस्तीबाट पाँच किलो मिटरको दुरीमा ग्याँस उद्योग संचालन हुनु पर्ने कानुनी व्यवस्था भएपछि आयल निगमन, बाणिज्य कार्यालय, उद्योग विभाग, नापतौल तथा गुणस्तर लगायत कार्यालयका कर्मचारीले नजराना बुझी सर्वसाधारणको ज्यान जोखिममा पारेका हुन ।
वीरगन्जको भवानीपुरमा सुपर ग्याँस उद्योग र लालपर्सामा मनोज ग्याँस उद्योग छ । बाराको सिमरामा नेपाल ग्याँस उद्योग , जितपुरको लल्का पुल छेउमा अम्बर ग्याँस उद्योग, प्रसौनीमा जगदम्बा ग्याँस उद्योग, बहुअरीमा बारा लियो ग्याँस उद्योग र, पिलुवामा एनएल ग्याँस उद्योग सन्चालनमा छ ।
उद्योग मन्त्रालयको पुरानो नीति अनुसार, ग्याँस उद्योग स्थापना गर्दा घना मानव बस्तीबाट साढे दुइ किलो मिटर, सानो बस्तीबाट एक किलो मिटर परको स्थानमा संचालन गर्न पाउने नियम थियो । तर प्रस्तावित नयाँ मापदण्ड अनुसार, मानव बस्तीबाट पाँच किलो मिटर दुरीको स्थानमा मात्रै ग्याँस उद्योग संचालन गर्न पाउने प्रावधान छ ।
तर पर्सा र बारामा रहेका ग्याँस उद्योगहरु मध्ये केहि मानव बस्तीको बिचमै र केहि गाँउकै छेउछाउमा संचालनमा छन् । पर्सामा रहेका सुपर र मनोज दुवै ग्याँस उद्योग मानव बस्तीकै छेउछाउमा छन् ।
बाराको प्रसौनी गाउँपालिका १ प्रसौनीमा संचालित जगदम्बा ग्याँस उद्योग प्रसौनी गाँउको घना मानव बस्ती भन्दा ५० मिटरकै दुरीमा सन्चालनमा छ ।
उद्योगकै छेउमा बेंगा साह उच्च माध्यमिक विद्यालय पनि छ । त्यहा करिब एक हजार तीन सय विधार्थी अध्ययनरत छन् ।
२०६५ साल देखि संचालनमा आएको जगदम्बा ग्याँस उद्योग संचालनका बखत प्रसौनीका स्थानीयले नेपाल सरकारको मापदण्ड विपरित मानव वस्तीकै छेउमा उद्योग संचालनमा ल्याइएको भन्दै चर्को विरोध पनि गरेका थिए ।
मानव बस्तीको छेउमै स्थापना गरिएको ग्याँस उद्योग हटाउन माग गर्दै स्थानीयले प्रसौनी बजारमा नारा जुलुस गर्दै प्रदर्शन पनि गरेका थिए । त्यति बेला हामीले गाउँबाट उद्योग हटाउन माग गर्दै नारा जुलुश गर्दै सडकमा चक्काजाम पनि गरेका थियौ, अदालतमा पनि मुद्दा हालेका थियौ, नागरिक समाज प्रसौनीका अध्यक्ष विनोद जयसवार भन्छन्, ‘अदालतले उद्योगमा रहेका ग्यास बुलेट र सिलिण्डरहरु २० दिन भित्र हटाउन उद्योग विभागलाइ आदेश पनि दिएको थियो, तर उद्योग विभागले कुनै टेर पुच्छर नलगाए पछि हामी पनि थाक्यौ अनि चुप लागेर बस्यौ । गत बुधबार वीरगन्जको सुपर ग्याँसमा भएको आगलागीको घटना पछि प्रसौनीका स्थानीय अत्यन्त त्रासित अवस्थामा दिन र रात व्यतित गर्न बाध्य भएको उनी बताउछन् ।
त्यो घटनाले हामी सबै गाँउले एकदमै त्रसित छौ, सुपर ग्यास त गाँउ भन्दा केहि पर थियो तै पनि त्यहा तीन जना मान्छेको ज्यान गयो , यहाको उद्योग त झन गाँउसंगै जोडिएको छ , उनी भन्छन्, ‘यदि यहाको उद्योगमा आगो लाग्यो भने त गाँउ नै पुरा सखाप हुन्छ ।
सुपर ग्यास उद्योग घटनाले आफुहरु त्रसीत भए पछि गाँउको मानव वस्ती छेउमा रहेको जगदम्बा ग्याँस उद्योग अन्य ठाँउमा सार्न माग गर्दै आइतवार गाँउपालिकाका कार्यकारी अधिकृतलाइ ज्ञापन पत्र पनि बुझाएको नागरिक समाजका अध्यक्ष जयसवार बताउछन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरामा २०४४ सालमा स्थापना गरिएको नेपाल ग्याँस उद्योग त मानव वस्तीको बिच मै छ ।
वीरगन्ज पथलैया सडक खण्डको छेउमै रहेको नेपाल ग्याँस उद्योग मानव वस्तीकै बिचमा रहेकाले त्यहाका स्थानीय पनि त्रासमा छन् ।
वीरगन्जको घटना पछि सीमराका स्थानीयमा पनि त्रास उत्पन्न भएको छ, जितपुर सीमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका स्थानीय युवराज पौडेल भन्छन् ,‘ एक त ग्याँस उद्योगबाट २४ सै घण्टा ग्याँसको गन्ध आएर स्वास्थ्यमा असर गरिरहेको छ , अर्को कुरा वीरगन्जको त्रासदीपूर्ण घटना पछि कहि कतै यहाको उद्योगमा पनि कुनै अप्रिय घटना भइ हाल्छ कि भन्ने डरले सताइरहेको छ ।
सीमराको मानव वस्तीको बिचमै रहेको ग्याँस उद्योग अन्य स्थानमा स्थानान्तरणका लागि पहल गरिदिन उपमहानगरपालिकाका प्रमुख डाक्टर कृष्ण पौडेललाइ मौखीक रुपमा आग्रह समेत गरिसकेको उनी बताउछन् । उनि थप्छन्, ‘अबका दिनमा ग्याँस उद्योग संचालनमा रहेका स्थानमा वस्ती बस्ने र वस्ती विस्तार गर्न नपाउने कडा ऐन कानुन नै राज्यले बनाउनु पर्छ ।
नेपाल ग्याँस उद्योगका प्रमुख जीवन छतकुलीले भने २०४४ सालमा ग्याँस उद्योगको प्लान्ट स्थापना ताका अहिले उद्योग भएको स्थान र त्यस आसपासका क्षेत्रमा मानव वस्ती नभएको र त्यति बेला यहा जंगल र झाडीहरु मात्रै रहेको बताउछन् ।
त्यति बेला यहा जंगल र झाडी मात्रै थियो , उनी भन्छन् ,‘ धेरै वर्ष पछि मात्रै उद्योग छेउछाउमा मान्छेहरु घर बनाएर बसेका हुन् , अहिले त उद्योग नै वस्तीको बिचमा परेको छ । सरकारले उचित व्यवस्थापन गरेर विकल्प दिएको खण्डमा उद्योग अन्यत्र स्थानान्तरण गर्न सकिने पनि उनि बताउछन् ।
बाराकै जिपुर सीमरा उपमहानगरपालिका वडा नम्बर ५ जितपुरको लल्का पुल छेउमा रहेको अम्बर ग्याँस उद्योग पनि सरकारको मापदण्ड विपरित मानव बस्तीकै छेउमा संचालनमा छ । उक्त उद्योगको छेउमै जितपुर बजार, सिमराको बजनी र बकुलीया गाँउको मानव बस्ती छ ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा रहेको एनएल ग्यास उद्योग पनि मानव बस्ती भन्दा पाँच सय मिटरको दूरीमा संचालनमा छ । एनएल ग्यास उद्योगको छेउमै पिलुवा, डकाहा र महेन्द्र नगरको मानव वस्ती छ ।
बाराकै परवानीपुर गाँउपालिकाको बहुअरी गाँउमा रहेको बारा लियो ग्याँस उद्योग पनि मानव बस्तीको छेउमै छ । बारा लियो ग्याँस बहुअरी गाँउको मानव वस्तीबाट बढिमा सात सय मिटर दुरीमा अवस्थित छ ।
बुधबार वीरगन्जको सुपर ग्याँस उद्योगमा भएको आगलागीबाट मानवीय तथा भौतिक क्षति भएपछि बहुअरीका स्थानीयवासी पनि त्रासित भएका छन् ।
ग्याँस उद्योगका प्लान्टहरुमा ग्याँस चुहियो वा आगो नै लागि हाल्यो भने तुरुन्त त्यसलाइ नियन्त्रण गर्ने फायर फाइटीङ पउण्ड उपकरण अनिवार्य रुपमा पहिले देखि नै जडान गर्नु पर्छ , हुनत मैले बारा पर्साका सबै ग्यास उद्योग भित्र छिरेर हेर्ने मौका पाएको छैन , उनी भन्छन् ,‘ यसका अलवा तालिम प्राप्त कर्मचारीहरुलाइ मात्र उद्योगमा राख्नु पर्छ , जहा सम्म मलाइ लाग्छ अधिकांश उद्योगमा तालिम प्राप्त जनशक्ति छैन, नयाहरुलाइ पुरानाहरुले सिकाउदै आएका छन् ।
बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले भने जिल्लामा रहेका अधिकांश ग्याँस उद्योगहरु सरकारी मापदण्ड विपरित मानव बस्ती छेउछाउ र मानव बस्ती बिचमा नै रहेको गुनासो आइरहेको बताउछन् ।
अहिले सिडिओ साहब जिल्ला बाहिर हुनु हुन्छ, उहा आए पछि यहि साताको अन्तिम तिर हामी सबै ग्याँस उद्योगहरुको स्थलगत अनुगमन गर्छौ , उनी भन्छन् ,‘ स्थलगत अनुगमन पछि के गर्ने भन्ने विषयमा उचित निर्णय लिन्छौ ।

https://ankushdaily.com/