बिजय चौहान
वीरगन्ज,१४ पुस ।
हालै सम्पन्न निर्वाचनमा कालो धनको व्यापक प्रयोग भएको आरोप नेपाली काँग्रेस पर्साका पुर्व सभापति सुरेन्द्र चौधरीले लगाएका छन् । निर्वाचनमा भएको कालो धनको प्रयोगले लोकतन्त्रलाई कमजोर बनाउने दावी पनि चौधरीले गर्नु भयो ।
वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पूर्व मन्त्री समेत रहेका र हालै पर्सा क्षेत्र नं. ३ बाट चु्नाव लडी पराजित भएका चौधरीले आफ्ना विपक्षी संघीय समाजवादी फोरमका बिजयी उम्मेदवार हरिनारायण रौनियार देश र विदेश मा बदनामी कमाएको ठेकेदार भएको र उनले कालो धन प्रयोग गरी बिजयी भएको आरोप लगाउँदै यस्तो प्रवृतिले लोकतन्त्र खतरामा पर्ने संकेत गर्नु भयो । प्रत्येक गाउँमा एउटा–एउटा भोजमा १५/१५ लाख रुपैयाको भोज भतेर गर्दा पनि निर्वाचन आयोग कानमा तेल हालेर बसेको चौधरीको आरोप रहेको थियो । यो प्रवृतिले गर्दा गरीबको छोराले चनाव लड्ने सपना नदेखे हुन्छ भन्दै चुनाव निकै महंगो भएको बताए । नेता चौधरीले सो कुरा बताईरहदाको बखत छेउमा बसेका एक जना नाम उल्लेख गर्न नचाहने नेपाली कांग्रेसका कार्यकर्ताले सुरेन्द्र प्रसाद चौधरीले कालो धन थुपारेका र छिट्टै अख्तियारको पाहुना बन्ने तयारीमा रहेका चन्द्र किशोर चौधरीलाई आफ्नो क्षेत्रबाट प्रदेश सभामा चुनाव नलडाएको भए यस पटक सुरेन्द्र चौधरी जित्ने दावी गरे । उनले पार्टीको लागि मरिमेट्ने व्यक्तिलाई पाखा लगाएर बैकल्पिक उर्जामा माल चाभेका चन्द्र किशोर चौधरीलाई टिकट दिलाएर भगवती चौधरीलाई माइनस गरेपछि हारेको बताए ।
पुस ३ गते सबैको बैठकले राजेन्द्रबहादुर अमात्य, रामेश्वर रौनियार, शम्भु चौहान, असर्फि साह, मनोज यादव, मृतुन्जय (बब्लु) श्रीवास्तव, रामनरेश प्रसाद यादव, राजदेव प्रसाद यादव, भगवती प्रसाद चौधरी, दिनानाथ साह तेली, विध्याकान्त पाण्डे, बाबुलाल मेहता, साविर अंसारी र फजिल मियाँलाई दश वर्षकालागि निस्कासन गर्न सिफारिस गरिएको चौधरीले जानकारी दिनुभयो ।
उहाँले पार्टीको आधिकारीक उम्मेदवारलाई चुनाव हराउन भुमिका निर्वाह गर्नेहरुलाई पार्टीको विधान अनुसार कार्यवाहीको सिफारिस गरेपछि सो तथ्यलाई बङ्गयाउने पत्रकार सम्मेलन गरी आफुलाई नै कार्यवाही गर्न सिफारिस गरिएको भ्रमको खेति गरिएको बताउनु भयो ।