बिद्यार्थीको जिवन बचाउन अनुरोध

56

मनोज साह
जितपुर बारा, १४ पौष ।
बिराटनगर नर्सि· कलेजमा अध्ययनरत सिशम थापा को उपचारको लागि थापाका परिवारजनले सहयोगी हातहरुलाई अनुरोध गरेका छन । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा ५ निवासी भुवन थापाकि १७ बर्षे छोरी सिशम ब्लड क्यानसर बाट ग्रस्त भएपछि आर्थिक अभाबको कारण सहयोगी दाताहरुलाई गुहारेका हुन ।
बिराटनगर स्थित स्टाफ नर्सि· कलेजमा अध्ययनरत सिशम गत साउन महिनादेखि भरतपुर बिपि मेमोरियल क्यान्सर अस्पतामा उपचार गराई रहेकी छिन भने सिशमलाई चार पटक किमो चढाईसकेको छ ।
सामान्य किसान परिवारको भुवन थापाको दुई सन्तान मध्ये एक छोरा १२ कक्षामा अध्ययनरत छन भने छोरी सिशम नर्स पढेर सेवामा लाग्ने ईच्छा जागेकोले जोहोगरी नर्सि· पढाएको थापा परिवारको दुखेसो छ ।
ब्लड क्यान्सर जस्तो घातक रोगको उपचारको लागि भारी धनरासि जुटाउनपर्ने भएकोले थापा परिवार आर्थिक अभाबका कारण छोरी को जिबन जोखिममा परेकोले सहयोग गरी जिवनदानको अपेच्छा गरेकाहुन । सिशमलाई सहयोग गर्न चाहने दाताहरुले राष्ट्रिय बाणिज्य बैक निजगढ बाराको खाता नं १२९००१०२४४१० मा सहयोग गरी दिन अनुरोध छ ।
बिगतमा पनि बाराका ब्लडक्यानसर पिडित युनेस पौडेल, सुहाना सापकोटा, राजन बखरेल लाई स्वदेशी तथा बिदेशी दाताहरुबाट आर्थिक सहयोग जुटाई भरतपुर बिपि मेमोरियलमा उपचार भईरहेको वडा अध्यक्ष राम भर्तोलले जनाएका छन ।

https://ankushdaily.com/