ओमप्रकाश शर्माको मनोनयन पछि,  वीरगंज उद्योग वाणिज्य संघ खुसी

6

वीरगञ्ज १५, पौष ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा प्रदेश नम्बर २ को पर्साबाट नेपाली काँग्रेसको समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यको रुपमा मनोनयन हुनु भएकोमा वीरगंज उद्योग वाणिज्य संघले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल केडियाले २ नं. प्रदेशको र उद्योग वाणिज्य तर्फ विद्यायक शर्माले आर्थिक समृद्धिका नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।
विद्यायक शर्माले निजी क्षेत्रको मुद्दालाई सम्बोधन गराउन र उद्योगी व्यापारीहरुको प्रतिष्ठा बढाउन काम गर्ने छन् भन्ने कुरामा आफु विश्वस्त रहेको कार्यवाहक अध्यक्ष केडियाले बताएका छन् ।