जितपुरका युवाहरु एक जुट

21

मनोज साह
जितपुर बारा, १५ पौष ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जितपुरमा रहेका सम्पुर्ण संघसंस्था क्लबका प्रतिनिधि बसी वडा नं. ७ जितपुरका बिकासका लागि सामाजिक काममा अग्रसर भएर काम गर्नका लागि आज बैठकबसी निर्णय गरिएको एक युवा राजुराज गिरीले जानकारी दिनुभयो । उक्त बैठक जितपुर युवा क्लबका अध्यक्ष मनोज कुमार साहको सभापतित्वमा बसेको थियो । श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय जितपुरको प्रा·णमा यस नगरपालिकाका क्लब , संस्थाहरुको तपसिलका प्रतिनिधिहरु बसी निर्णय गरेको हो । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुरमा योग शिबिर, खेलकुद, सामाजिक बिकाश लगायतका काम गर्नका लागि सम्बन्धित निकायका व्यक्तिसंग छलफल लगायतका कार्य गर्न र सो को निर्माणका लागि समिति बनाएको टँईगार आँफ क्लबका अध्यक्ष अमर यादवले जानकारी दिनुभयो । मनोज कुमार साहको संयोजकमा ५ सदस्य समिति गठन भएको जनजाग्रित युवा कलबका सचिव श्री राम साह कानुले जानकारी दिनुभयो । समितिका सदस्यहरु शेखर भण्डारी , दिपक गुप्ता, सुदर्शन काप्ले ,रेणु चौधरी लगायतका समिति गठन भएको अफताब आलमले जानकारी दिनुभयो ।