बारा पर्साको सिमाना मिच्दै भु–माफिया

16

मनोज साह
जितपुर बारा, १५ पौष ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ र पर्सा जिल्लाको बिरगंज महानगरपालिका ३२ छुट्याउने सिमानाको रुपमा रहेको खोला भु–माफियाहरुद्वारा कब्जा गरिंदै छ । जितपुर वडा नं. ७ बस्ने भिखारी देवानले खोलामा माटोले पुरी भवनको लागि पिल्लर उठाउने कार्य भइरहेको छ ।
त्यसैगरी जितपुर र पर्साको बिचमा रहेको खोलामा प्लटिङ गरी भु–माफियाहरु राज्यको सिमाना मिच्दै छन् । बिरगंज महानगरपालिका वडा ३२ का अध्यक्ष रेयाज अंसारीले आजसम्म जे जति कब्जा देवानले बनाए पनि अबदेखि केही बनाउन नदिने दावी गरे । अबदेखि यस्ता सार्वजनिक जग्गा मिच्नेहरु बिरुद्घ हामी उभिने छौं भनी युनिक युवा क्लबका अध्यक्ष दिपक गुप्ताले बताए । सार्वजनिक जग्गा मिच्ने सम्बन्धमा कुनै निवेदन आए तुरुन्तै कारवाही गरिने तथा अनुसन्धान अगाडी बढाइने ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी प्रमुख सागर राणाले बताउनु भएको थियो ।