वीरगंज, २० पौष ।
वीरगंज उद्योग वाणिज्य संघले आफ्ना अध्यक्ष ओम प्रकाश शर्मा प्रदेश सभा २ को सदस्यमा नियुक्त भएकोमा बिहिबार एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित सो कार्यक्रममा कार्यवाहक अध्यक्ष गोपाल केडियाले ५१ किलोको माला लगाई र दोसल्ला ओढाई सम्मान गरेका थिए । सो कार्यक्रममा संघका पूर्व अध्यक्ष अशोक वैध, अशोक टेमानी, गणेश लाठ, प्रदिप केडिया संघका उपाध्यक्ष द्वय सुबोध गुप्ता, अनिल पाटवारी लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले उद्योगपति र व्यापारीहरुको दु:ख पिडा बारे आफु जानकार भएकोले सम्बन्धित ठाउँमा जोडदार ढ·ले आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।