प्रहरीद्वारा एक कठ्ठामा लगाएको गांजा नष्ट

54

वीरगन्ज, २० पुस ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका वार्ड नम्बर,१ मधुवन मथवल खजुरिया स्थित खोला बगरमा करिब १ कठ्ठामा लगाएको अबैध लागुऔषध गांजा प्रहरीले आज नष्ट गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प बागेश्वरी तित्रौनाको सशस्त्र प्रहरी निरीक्षक रामबहादुर बस्नेत र ईलाका प्रहरी कार्यालय एकटा·ाको प्रहरी नायब निरीक्षक अर्जुन देवकोटाको संयुक्त टोलीले सो गांजा फडानी गरेर नष्ट गरेको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।