वीरगंज, २० पुस ।
संघीय समाजवादी फोरम नेपालले समानुपातिकको नामावलीमा संशोधन गरी बिहिबार बुझाएको लिस्टमा पर्साका रागिनी देवी वर्णवालको नाम समावेश भएको छ । यस अघि रामचन्द्र लिम्बु, प्रदेश नं. १, झापा, रामकुमारी यादव, प्रदेश नं. १, सुनसरी, चन्चमाया मोक्तान, प्रदेश नं. २, सर्लाही, करिमा बेगम, प्रदेश नं. २, पर्सा, भिमा यादव, प्रदेश नं. २ पर्सा, सीमा सिंह, प्रदेश नं. २, सर्लाही, उषाकुमारी यादव, प्रदेश नं. २ बारा, उपमा देव, प्रदेश नं. २ सप्तरी, विन्दु कुमारी यादव, प्रदेश नं. २ धनुषा, चमेली देवी दास, प्रदेश नं. २ धनुषा, किरण कुमारी यादव, प्रदेश नं. २ महोत्तरी, गीता कुमारी श्रीवास्तव, प्रदेश नं. ५ कपिलवस्तु, लक्ष्मी चौधरी, प्रदेश नं. ५ दाङ भएको १३ जनाको नामावली संघीय समाजवादी फोरम नेपालले निर्वाचन आयोगमा पठाएको थियो । जसमध्ये ५ जनाको नाउ संशोधन गरी आज पठाएको बताइन्छ । संशोधित नामावली मध्ये एक नम्बर प्रदेशमा रामकुमारी यादवको ठाउँमा राधा थापाको नाम राखिएको छ भने दुई नम्बर प्रदेशका सीमा सिंहको ठाउँमा सुनिता देवी मोचीको नाम राखिएको छ ।
विन्दु कुमारी यादवको ठाउँमा रागिनी देवी वर्णवालको नाम राखिएको छ भने प्रदेश ५ मा गीता कुमारी श्रीवास्तवको ठाउँमा पूर्मति देवी दिंगा र लक्ष्मी चौधरीको ठाउँमा सुमन रायमाझीको नाम राखिएको स्रोतले जनाएको छ । फोरमले पठाएको १३ जना समानुपातिक सदस्य मध्ये पर्साबाट करिमा बेगम, भिमा यादव र रागिनी वर्णवाल सहित ३ जना सदस्य परेका छन् ।