रेडक्रस पर्साद्वारा कम्बल वितरण

4

वीरगंज, २० पौष ।
जिल्ला दैवि प्रकोप उद्धार समिति पर्साको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा हालै चलिरहेको शितलहरीका कारण गाउँपालिका नगरपालिकामा तथा महानगरपालिकामा समेत विभिन्न समयमा जाडोबाट बच्न बचाउनका लागि कम्बल वितरण गर्ने कार्य भईरहेको छ ।
वृद्ध, असहाय, बच्चा, महिलाहरुलाई जाडोको कारणले जिवन जोगाउन अति कठिनाई भईरहेको हुदाँ त्यस प्रकारका असहाय व्यक्तीहरुलाई कम्बल वितरण गर्न कार्य भईरहेकोमा रामनगरी र विश्रामपुर गरि ६३ थान कम्बल निमित प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, रेडक्रसका सभापति फूलमहम्मद मियाँ, सशस्त्र प्रहरी निरिक्षक नरेन्द्र धामी, बडा अध्यक्ष ज्यूहरु, जि.प्र.का. नायब सुब्बा कृष्ण थपलियाको रोहबरमा वितरण गरिएको कुरा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराउनु भयो ।