अपांग बालकलाई व्हील चेयर प्रदान

16

बीरगंज, २१ पुष ।
पर्साको विन्दवासीनी गाउँपालिकामा शुक्रबार एक अपांग रहेका बालकलाई व्हील चेयर प्रदान गरीएको छ । विन्दवासीनी गाउँपालिका वडा नम्बर २ का १२ वर्षिय भोला महतो नुनिया जन्मेदेखी अपांगता भएका कारण हिड्डुल गर्न पनि समस्या परीरहेकोले महतोलाई शुक्रबार सामाजिक अभियन्ता प्रकाश थारुको अगुवाईमा व्हील चेयर प्रदान गरीएको हो । सामाजिक संजाल मार्फत सहयोगका लागि अपिल गरेपछि हाल अस्ट्रेलिया बस्ने पर्साका अरुण कुमार ठाकुरले संचालन गर्दै आउनु भएका जिगंर ट्याग रेस्टुरेन्टको आर्थिक सहयोगमा कम्वोट सहितको व्हील चेयर प्रदान गर्नुभएको सामाजिक अभियन्ता थारुले बताउनुभयो । बालककी हजुरआमा शान्ति देवी महतो, वडा अध्यक्ष सागिर मिया, बहुअर्वाभाठाका प्रहरी चौकी ईन्चाज प्रहरी सहायक निरीक्षक हरी प्रसाद बास्तोला, समाजसेवी हरीन्द्र सहनी, प्रमोद कुश्वाहा, विष्णु पंगेनी, स्थानीयवासी राजेश्वर रौनियार, अशोक ठाकुर, रामजी ठाकुर लगायतको रोहबरमा व्हील चेयर वितरण गरीएको हो ।