नेपाल रेडक्रस सोसाइटी धोविनी उपशाखाद्वारा कम्बल वितरण

34

वीरगंज, २१ पुष ।
केहीदिन देखि पर्सा सहित तराई–मधेस क्षेत्रमा बढेको जाडो र सितलहरलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रेडक्रस सोसाइटी धोविनी उपशाखाका सभापति तबरेज अहमदको टोलिले शुक्रबार पर्सा जिल्लाको धोविनी गाउँपालिकाका दलित विपन्न वर्गलाई कम्बल वितरण गरेको छ ।
जाडो र सितलहरका कारण जिल्लाका विभिन्न स्थानहरुमा जनजीवन प्रभावित हुन थालेपछि त्यो अवस्थालाई मध्य नजर गर्दै नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा आज अहमदको टोलिले धोविनी गाउँपालिकाको धोविनी, हरिहरपुर, गुलरिया लगायतका स्थानहरुमा करिव १०० घरधुरीमा कम्बल वितरण गरेको थियो ।
जाडोले सर्वसाधारणको जनजीवन प्रभावित हुने भएका कारण त्यो अवस्थालाई मध्यनजर गरेर धोविनी क्षेत्रका विपन्न, गरिब, दलित, वृद्धवृद्धा, अपा·, एकलमहिला लगायतलाई कम्बल वितरण गरिएको हो । सो वितरण कार्यक्रमा नेपाल रेडक्रस सोसाइटीका उपकोषाधयक्ष श्याम पटेल, सदस्य दयाशंकर सिंह, शाखा अधिकृत उदयराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।