सशस्त्र प्रहरीद्वारा घुष असुली

95

वीरगंज, २१ पौष ।
वीरगंज भन्सार कार्यालयमा खटेको सशस्त्र प्रहरीहरुले घुष खाइरहेको एउटा सानो दृष्टान्त फेला परेको छ ।
पारीबाट नेपाल भित्रिने आइटममा के–कति खान्छन सो बारेमा यकिन जानकारी नभए तापनि सामान्य भारतबाट नेपाल आई नया वर्ष मनाएर फर्किएका गाडीका चालकसंग वीरगंज भन्सारमा खटिएको सशस्त्र प्रहरीले घुष खाएको पुख्ता समाचार हामीलाई प्राप्त भएको छ । नयाँ वर्ष मनाउन भारतबाट नेपाल छिरेका BR05-M5305, BR2M2331 नम्बरको टाटासुमो नयाँ वर्ष मनाएर रक्सौल तर्फ जांदा बुधबार राती वीरगंज भन्सारको मुल गेटमा खटेको प्रहरीले जनही रु १ हजार घुष असुलेर पठाएको छ । वीरगंज भन्सारको मुल नाकामा सिसिटिभी क्यामरा जडान भएको भए तापनि उनीहरुले जबर्जस्ती घुष नलिइ छोडन मानेनन् । वीरगंज भन्सार नाकामा सरकारले अत्याधुनिक हातहतियार सहित राजश्व वृद्धिको लागि खटाइएको सशस्त्र प्रहरीहरु केवल पैसा असुल्नको निम्ति तैनाथ भएर बसेको जस्तो देखिने गरेको छ ।

https://ankushdaily.com/