कबड्डी प्रतियोगितामा विद्या सदन, कंचनजंघा र गौतम मावि विजयी

30

वीरगन्ज , २२ पुष ।
वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो दिन विद्या सदन, कंचनजंघा र गौतम मावि विजयी भएका छन् ।
दोस्रो दिनको खेलमा आरबी केडिया स्कुललाइ ३ अंकले पराजित गर्दै गौतम माविले विजयी हासिल गरेको हो । निर्धारित २० मिनेटको खेलमा गौतम माविले ३० र डिएभी माविले २७ अंक प्राप्त गरेको थियो । खेलको म्यान अफ दी म्याच आरबी केडिया स्कुलका भेभहब सिंह घोषित भएका थिए ।
छात्र तर्फ शनिबार भएको खेलमा विद्या सदन मावि विजयी भएको छ । विद्या सदन माविले मुनलाइट माविलाई २४ अंकले हराएको हो । विद्या सदन माविले ३७ अंक प्राप्त गर्दा मुनलाइट माविलाइ भने १३ अंक मात्र प्राप्त गरेको थियो । उक्त खेलको म्यान अफ दी म्याच विद्या सदन माविका बरकत सागर चौधरी घोषित भएका थिए ।
यसैगरि छात्रा तर्फ शनिबार भएको खेलमा कंचनजंघा मावि विजयी भएको छ । कंचनजंघा माविले डिएभी माविलाइ २५ अंकले पराजित गरेको थियो । निर्धारित ३० मिनेटको खेलमा कंचनजंघा माविले ६१ र डिएभी माविले ३६ अंक प्राप्त गरेको थियो । छात्रा तर्फको खेलको म्यान अफ दी म्याच कंचनजंघा माविकी रिया गुप्ता घोषित भएकी थिइन् ।
छात्र तर्फ नै शनिबार भएको अन्तिम खेलमा कंचनजंघा मावि विजयी भएको छ । कंचनजंघा माविले मिनिल्याण्ड माविलाई २८ अंकले हराएको हो । कंचनजंघा माविले ४५ अंक प्राप्त गर्दा मिनिल्याण्ड मावि भने १७ अंकमा नै सिमित रहन गएको थियो । उक्त खेलको म्यान अफ दी म्याच कंचनजंघा माविका रितिक पटेल घोषित भएका थिए ।
आइतबार नै छात्रा तर्फ कादम्बरी एकेडेमी र वीरगंज पब्लिक मावि बिच खेल हुने त्यसैगरी छात्र तर्फ ४ वटा खेलमा विद्या सदन र वीरगंज पब्लिक मावि, मिनिल्याण्ड र मुनलाइट, जिएचपि मावि र डिएभि र अंतिम खेल गौतम मावि र कादम्बरी एकेडेमी बिच खेल हुने प्रतियोगिताका संयोजक अमित अग्रवालले जानकारी दिए ।
पुष २९ गते सम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० वटा निजी विद्यालयका छात्र र छात्राको गरि १९ वटा टिमले भाग लिएका छन् ।