गढिमाई साझेदारी बन व्यवस्थापन समितिद्वारा २ सय क्विन्टल दाउरा बितरण

5

मनोज साह
जितपुर बारा, २२ पौष ।
मध्ये तराईमा शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन कष्टकर हुन थालेपछि गढिमाई साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष गणेस प्रसाद गुप्ताले १५ वटा क्षेत्रमा काठ दाउरा बितरण गरेको छ ।
क्षेत्रमा पर्ने ठाउँहरुमा चिसोबाट बच्नका लागि ठाउँ–ठाउँमा आगो बालेको गुप्ताले भन्नु भयो । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित गढिमाई साझेदारी बन व्यवस्थापन समिति पथलैयाले शनिबार १५ वटा गाउँटोल क्षेत्रमा पर्ने ठाउँहरुमा काठ दाउरा नि:शुल्क बितरण गरेको समितिका सदस्य संगिता ठाकुरले जानकारी दिनु भएको छ ।
मधेशमा शितलहर बढेकोले मध्यनजर गर्दै शनिबार १५ वटा टोलहरुमा बितरण भएको कार्यालय सचिव रोमन चौधरीले जानकारी दिनु भयो । जितपुरको चार ठाउँमा, छातापिपरा, बेहारा, बुनियाद, प्रसौनी, खुटवा, बिर्ता, नैवाकोटवा, भलुही भ्रवाली, बिश्रामपुर गाउँपालिकका लगायतका ठाउँमा काठ दाउरा बितरण गरेको छ । उक्त बितरण कार्यक्रममा बनका सदस्य र कर्माचारीहरु लगायतको उपस्थिती रहेको थियो ।