रुस्लान सिमरा गोल्डकप माघमा सुरु हुने

68

 मनोज साह
जितपुर बारा, २२ पौष ।
मोफसलकै सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण आगामी माघ २५ गतेबाट आयोजना हुने भएको छ ।
आयोजक नवजनजागृती यूवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराएको हो ।
फागुन ४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब र २ विभागिय सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा संकटा सहित थ्रि स्टार क्लब, मनाङ मस्र्या·दी क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११, झापा ११, हेटौंडा ११, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज र आयोजक नवजनजागृती यूवा क्लब सिमराको सहभागिता रहनेछ ।
विजय डिष्टिलरीको मूख्य प्रयोजनमा सञ्चालन हुने रुस्लान नवौं सिमरा गोल्डकपको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुईलाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाईकल र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक र हाईस्कोरले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेर तयारी तिव्र बनाईएको जानकारी दिंदै क्लबका महासचिव शम्भुसिंह ठकुरीले प्रतियोगिता आयोजना हुने सिमरा र·शालामा यसपटक ५ हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष दुर्गाबहादुर थापा, सचिब श्याम सुवेदी, सदस्यहरु राजदास श्रेष्ठ, सरोज भट्ट लगायतको उपस्थिती रहेको थियो ।