वीरगंज आन्दोलनलाई व्यापक समर्थन

17

वीरगंज, २२ पुस ।
प्रदेश नं २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर चरणबद्ध आन्दोलनमा उत्रेको संघर्ष समितिले शनिबार दोस्रो दिन पनि रिले अनशनलाई निरन्तरता दिएका छन । २१ गते देखी शुरु भएको रिले अनशनमा यस क्षेत्रका नागरिकहरुको सहभागिता पनि बढ्दै गएको छ । अनशनको पहिलोदिन नै अनशनस्थलमा राखिएको उपस्थिति पुस्तिकामा सर्लाही रौतहट बारा पर्सा चितवन लगायतका ब्यक्तिले हस्ताक्षर गरेर बीरगंजलाई राजधानी बनाउने अभियानप्रति एक्यवद्धता जनाएका थिए । पूर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताको नेतृत्वमा माओवादी महिला नेतृ दुर्गा क्षेत्री, नेपाल महिला मंच पर्साका पूर्व अध्यक्ष रेखा साह, रानी देवी श्रीवास्तव नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल, एमाले युवा नेताहरु यशवन्त यादव, संजिव मिश्रा, तेजप्रकाश निसाद, अकलेश साह नेविसंघका नेता बद्रीनारायण तिवारी, गरी १० जना अनसनमा बसेका छन ।
अनशनमा बसेका नेताहरुलाई वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेशसभाका सदस्य ओमप्रकाश शर्मा, वडा नं. २७ का वडा अध्यक्ष प्रदिप यादव र एमालेका नेता शम्भु गुप्ताले फुलमाला र खादा ओढाई स्वागत गरेका थिए ।
वीरगंजलाई प्रादेशिक राजधानी घोषणा नगरे सम्म आन्दोलनका कार्यक्रम जारी रहने एमाले नेता राजकुमार गुप्ताले बताए । वीरगंज राजधानीको लागि सवै दृष्टिकोणले उत्कृष्ट रहेकोले वीरगंजको बिकल्प नखोज्न उनले चेतावनी समेत दिएका थिए ।
रिले अनशनको पहिलो दिन हिजो पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, युवा नेता ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौलागाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल गरी १२ जना अनशनमा बसेका थिए ।
यसैगरी प्लाष्टिक उद्योग व्यवसायी संघका अध्यक्ष कुबेर प्रसाद गुप्ताले एक विज्ञप्ति प्रकाशित गरी प्रदेश नं. २ को राजधानी वीरगंज बनाउन मांग गर्नु भएको छ । उनले आफ्ना सदस्यहरुलाई आन्दोलनमा सहभागि हुन अनुरोध गरेका छन् ।