समिश्रण कृषि सहकारी संस्था लिमिटेडको छैठौ साधारणसभा सम्पन्न

10

मनोज साह
जितपुर बारा, २२ पौष ।
जितपुरसिमरा उपमहानगरपालिका नगर उपमेयर सरस्वती चौधरीले घर–घरमा सहकारीको अवधारणाका कारण भएको कुरामा जोड दिएका थिए ।
गरिब स्तरका ब्यक्तिहरुको आर्थिक अवस्थालाई सवल बनाउनका लागि पनि सहकारीले अहम भुमिकको योग्दान पुर्‍याउने गरेको उपमेयर चौधरीले बताउनु भयो ।
बारा जितपुरसिमरा उपमहानगरपालिका वडा ५ बकुलिया स्थित समिश्रण कृषि सहकारी संस्था लिमिटेडको छैठौ साधाराणसभा सम्पन्न भएको छ । समिश्रण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष असर्फि धामीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
समिश्रण कृषि सहकारी संस्था लिमिटेड छैठौं साधारणसभाका अतिथि पुर्व गाबिस अध्यक्ष देवनारायाण चौधरी, वडा अध्यक्ष मोहित चौधरी, राष्ट्रिय सहकारी बैकका प्रबन्धक गोबिन्द ओझा, ह्वाईट क्रेन इ·लिस बोर्डि· स्कुलका व्यवस्थापक अध्यक्ष सिकेन्द्र चौधरी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।