मेयर सरावगीद्वारा गरिब असहायलाई कम्बल वितरण

10

वीरगंज, २३ पुष ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले आईतबार वडा नम्बर ३ छपकैया, १४ पिपरा र २५ सिर्सियाको चारवटै टोलामा आईतबार दलित तथा विपन्न वर्गका व्यक्तिहरुलाई कम्बल वितरण गरेका थिए । क्याल समुहद्वारा उपलब्ध गराइएको कम्बल अत्याधिक जाडो र शितलहरले ग्रसित व्यक्तिहरुलाई खोजी–खोजी मेयर बिजय सरावगीले कम्बल वितरण गरेको मेयर सरावगीका स्वकीय सचिव तबरेज अहमदल जानकारी दिए ।
विभिन्न वार्डका गरिब निसहायहरुलाई अढाई हजार कम्बल बितरण गर्ने योजना मेयर सरावगीको रहेको छ ।