विद्युत मिटर पडकेर आगलागी

24

मनोज साह
जितपुर बारा, २३ पौष ।
विद्युत मिटर पडकेर बाराको एक घरमा आगलागि भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ मा रहेको लालबाबु रायको घरमा विद्युत मिटर पडकेर २ लाख बराबरको क्षतिभएको संगित रायले जानकारी दिनु भयो ।
करिब १० बजे विद्युत मिटर पडकेको बेला घरमा कोही नरहेको स्थानीयले बताएका छन् ।
घरमा आगलागि हुदा गाउँघर नजिकका स्थानीयहरु आगोलाइ नियत्रण गरेका थिए । घरमा लागेको आगोले. गर्दा घरमा रहेको चामल ३० केजी, कपडा, २ वटा मोइबाइल, भाडावर्तनहरु लगायतका समानहरु जलेर नष्ट भएको छ ।