वीरगन्जलाई राजधानी बनाउन अनसन जारी 

2

वीरगंज, २३ पुस ।
वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत शुक्रबारदेखि वीरगन्जको घण्टाघरमा शुरु भएको रिले अनसन तेस्रो दिन पनि जारी रहेको छ ।
वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो । रिले अनसनको तेस्रो दिन आइतबार तरुण दल बाराका अध्यक्ष लोकेश सिंहसहित १४ जना अनसनमा बसेका छन ।
बाराबाट आएका जुगलकिशोर साह,अनिल साह,बिनेश महतो,राहुल गुप्ता,बबिता जैसवाल,मीना पंिह,सुरेन्द्र पटेल,तेजनाथ पटेल,गौरिशंकर साह सकलदेव मुखिया,ललिन्द्र पटेल,रामबालक पटेल,बिनोद पटेल लगायत १४ जना रिले अनसनमा बसेका छन । बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।