शितलहरीमा रेडक्रसद्वारा निरन्तर कम्बल वितरण 

75

वीरगंज, २३ पौष ।
विगत लामो समय देखि तराइका विभिन्न जिल्लाहरुमा शितलहरी बढदै गएकोले जनजिवन कष्टकर बन्दै गएको छ ।
लामो समय देखि शितलहरी जाडोका कारण पर्सा जिल्लाका गरिब, असहाय, बृद्ध, महिला, बालबालिकाहरुलाइ समेतर् िजवन जोगाउँनमा कठिनाई भइरहेकोले गर्दा पर्सा रेडक्रसले कम्बल वितरण अभियानलाई निरन्तरता दिएको छ ।
जिल्ला दैवि प्रकोप उद्धार समिति पर्साबाट समेत विभिन्न निकायलाई बढदो शितलहरीमा आ–आफ्नो स्रोतबाट सक्दो असहाय व्यक्तीहरुलाई सहयोग उपलब्ध गराइ सहयोग गर्नको लागि निर्णय भए अनुसार यस नेपाल रेडक्रस पर्सा शाखाबाट निरन्तर कम्बल वितरण गर्ने कार्य भइरहेकोमा आईतबार तुलसीवर्वा, भिखमपुर पिपरा, असवारी गरि जम्मा १०५ थान कम्बल वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कार्यसमिति सदस्य श्यामकिशोर पटेल, सल्लाउदिन अहम्मद, जितेन्द्र कुमार वर्मा, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा कृष्ण थपलिया, रेडक्रस पर्साका शाखा अधिकृत उदय राज शर्मा, स्थानिय बासिन्दा, प्रहरी प्रतिनिधीहरुको रोहवरमा १०५ थान कम्बल वितरण गरिएको कुरा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जनाएका छन ।

https://ankushdaily.com/