मनोज साह
जितपुर बारा, २४ पौष ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ५ बकुलियामा रहेको दलित बस्तीटोलको छेउमा आइरहेको खोलामा उद्योगका प्रदुषित पानीले दलित बस्तीमा रहेका १५० जना दलितका जिवन कष्टकर बन्दै गएको स्थानीय रामबिलास रामले जानकारी दिनु भयो । नन्दन ध्यु उद्योग , गणपति ध्यु उद्योग, आर एम सि सिमेन्ट उद्योगका प्रदुषित पानीका कारण गाउँबस्ती नै बिमारीको चपेटामा पर्दै गईरहेको लक्ष्मीनिया रामले बताउनु भयो । त्यही गाउँका सरोज पासवान खोलाको पानीले नुहाउँदा जिउको छाला निस्किन्छ किनकी उद्योगको पानी आएपछि खोलाको पानी नै कालो हुन जान्छ । खोलको पानी खाएर मेरो भैसी मरेको बकुलियाका स्थानीय ललन सहनीले उद्योग माथि आरोप लगाएका छन् । यता जितपुरसिमरा उपमहानगरपालिका वडा ५ अध्यक्ष मोहित चौधरीले सो उद्योगका संचालकहरुलाई पटक–पटक जानकारी दिएको भएतापनि उनीहरु नसुनेझै गरेको बताए ।