वीरगंज महानगरपालिका र क्याल समुहद्वारा कम्बल वितरण

66

वीरगंज, २४ पुष ।
वीरगंज महानगरपालिकाले नगरको वडा नम्बर १ छपकैया, ८ पानीटंकी ९ रानीघाट, १० घडिअर्वा, १२ मुर्ली, १४ पिपरा, १७ अलौं, १८ भवानीपुर, २० हरापतगंज, २२ मनिहारी, २३ पर्सौनी विर्ता, २४ बहुवारी, र २६ सुगौलीमा लगभग ८ सय परिवारलाई कम्बल वितरण गरेको मेयर विजय कुमार सरावगीको स्वकीय सचिव तबरेज अहमदले बताएका छन् ।
केही दिन यता बढेको अत्यधिक चिसो र शीतलहरका कारण पीडित बनेका परिवारहरुलाई वीरगंज महानगरपालिका कार्यालय र क्याल समुह संयुक्त रुपमा आज दोश्रो दिन पनि कम्बल वितरण गरेको छ ।

https://ankushdaily.com/