पाँच महिनामा २८ अर्ब भन्दा बढीको इन्धन आयात

29

बिजय चौहान
वीरुगन्ज, २५ पुस ।
चालु आर्थिक वर्षको पाँच महिनामा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि भारतबाट हुने खाना पकाउने ग्याँस र इन्धनको आयातमा उल्लेख्य वृद्धी भएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि २८ अर्ब भन्दा बढी मुल्यको खाना पकाउने ग्याँस तथा पेट्रोलियम पदार्थ आयात भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को साउन देखी मंसिर सम्मको पाँच महिनामा वीरगन्ज नाका प्रयोग गरि नेपालका लागि २८ अर्ब २९ करोड, ६१ लाख रुपैयाँ मुल्यको ४ लाख ७७ हजार ५ सय १३ केल पेट्रोलियम पदार्थ र ८६ हजार २० टन खाना पकाउन एल.पि.जी ग्याँस आयात भएको हो ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगन्ज नाका प्रयोग गरी २१ अर्ब ७३ करोड ७८ लाख मुल्यको ३ लाख ८३ हजार ७६ केल इन्धन र ६६ हजार ८ सय २० टन खाना पकाउने ग्याँस आयात भएको थियो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६ अर्ब ५५ करोड ८३ लाख रुपैया मुल्यको ९४ हजार ४ सय ३७ केल इन्धन र १९ हजार २ सय टन खाना पकाउने ग्याँस बढी आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । उहाँले भारत तथा तेस्रो मुलुकबाट वाहनको आयात बढेसंगै भारतबाट इन्धनको आयातमा वृद्धी भएको बताउनु भयो ।
भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दिया लगायतका स्थानबाट आयात गरिएको खाना पकाउने ग्याँसबाट भन्सार कार्यालयले ६ अर्ब ५५ करोड ८४ लाख ५४ हजार रुपैया रावश्व संकलन गरेको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगन्ज नाकाबाट १६ अर्ब २३ करोड ११ लाख मुल्यको ६७ हजार ६ सय ८१ वटा वाहन आयात भएको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा १६ अर्ब ४१ करोड ६० लाख मुल्यको ८३ हजार २ सय ४७ वाट वाहन आयात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।