महानगरपालिकाद्वारा कम्बल वितरण जारी

15

वीरगंज, २५ पुष ।
बढ्दो जाडोको कारण जनजिवन अस्तव्यस्त भईरहेको यस समयमा कम्बल वितरण गर्ने कार्यलाई वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले विभिन्न दातृ संघसंस्थाको सहयोगमा जारी राखेका छन् ।
वीरगंज महानरपालिकाले श्री जगदम्बा सिमेन्ट मिल्स प्रा. लि, विश्वनाथ गोयन्का, वीरगंज हेल्थकेयर अस्पतालसंग सहकार्य गरि महानगरको वडा नम्बर २, ४, ५, १३, १५, १८, २२ को मनियारी, २४ र २७ नम्बर वडामा लगभग ८ सय कम्बल वितरण गरेको मेयर सरावगीको निजि सचिव तबरेज अहमदले जानकारी गराएका छन् ।
वीरगंज महानगरपालिकाले पछिल्लो तिन दिनमा विभिन्न संघ संस्थाहरु संग सहकार्य गर्दै लगभग १ हजार ६ सय भन्दा बढि कम्बल वितरण गरिसकेको छ ।