रेडक्रस पर्साद्वारा निरन्तर कम्बल वितरण

25

वीरगंज, २५ पौष ।
कम्बल वितरण गर्ने कार्यलाई नेपाल रेडक्रस सोसाइटी पर्साले पनि निरन्तरता दिइरहेको छ ।
पर्सा जिल्लाका वृद्ध, असहाय, बच्चा, महिलाहरुलाई जाडोको कारणले जिवन जोगाउन अति कठिनाई भईरहेको हुदाँ त्यस प्रकारका असहाय व्यक्तीहरुलाई नेपाल रेडक्रस पर्साले जगरनाथपुर गाउँपालिका वडा २–६, मसिहानी, बिजवनिया, जानकिटोला, औराहा, जिराभवानिपुर गाउपालिका वडा ४ सुपौली भवानीपुर, बहुदरामाइ नगरपालिका वडा ४ बहुअरिपिडरि गरि २१८ थान कम्बल बितरण गरिएको थियो । निमित्त प्र.जि.अ. दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा र रेडक्रस सभापती फुलमहम्मद मियाको सभापतित्वमा कम्बल बितरण गरिएको थियो भने सो कार्यक्रममा मेयर जालिम मुखिया, पुर्व सांसद जयप्रकाश थारु, शाखा अधिकृत उदयराज शर्मा, पत्रकार महासंघका सचिव युवराज खड्का, रेडक्रस पर्साका सहायक राजन श्रीवास्तव, नायब सुब्बा, कृष्ण थपलिया, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी प्रतिनिधि र स्थानीय बासिन्दाहरुको रोहबरमा सो कम्बल बितरण कार्यक्रम गरिएको थियो ।