कठ्यांग्रिएको रौतहट बासीलाई पोखराको सहयोग

6

रौतहट, २६ पौष ।
पोखरा बासीहरु तराईमा जाडोको कारण ग्रसित भएका नागरिकहरुलाई सहयोग गरेका छन् । रौतहट जिल्लाको परोहा नगरपालिका गरिब असहायहरुलाई जाडो र शितलहरबाट बच्न न्यानो लुगा कपडा वितरण गरेका छन् । लायन्स क्लब अफ पोखरा माउन्टेन सिटी र लायन्स क्लब अफ फेवा सिटी द्रारा संयुक्त रुपमा रौतहटको क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नम्बर ८ मोतिपुर नरकटिया टोलमा २०० र वडा नम्बर ९ रामपुरमा ५० गरी जम्मा २ सय ५० गरिब, दलित एवं विपन्न घर परिवारलाई एक थान, कम्बल, ज्याकेट र सुईटर वितरण गर्नुभएको छ ।
लायन्स क्लब अफ पोखरा माउन्टेन सिटिका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले चिसोको कारण तराईमा जनजिवन कष्टकर बन्दै गएकोमा आफ्नो क्लब र आफुले यहाँका गरिब दलितहरुलाई सहयोग गर्न पाएकोमा खुसी भएको बताउनु भयो ।
उनीसंगै लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका सचिव राजु देवकोटा, सहसचिव समी बराल, कोषाध्यक्ष सुजन वास्तोला र लायन्स क्लब अफ फेवा सिटीका राधिका शर्मा, गीता लामीछाने, दुर्गा लामिछाने, बसन्त गिरी, पुरेनवा आँखा अस्पतालका नागेश्वर चौधरी, पवन न्यौपाने, सत्येन्द्र पाण्डे लगायत दर्जनौ व्यक्तिको सहभागीता रहेको थियो ।