जनता आवास कार्यक्रम मार्फत बनाइएका घर हस्तान्तरण हुदै

34

वीरगंज, २६ पुस ।
जनता आवास कार्यक्रम मार्फत निर्माण गरिएका १४ वटा घर हस्तान्तरण गरिएको छ ।
पर्सागढी नगरपालिका वडा नं. ३ पकडीया टोलमा बनेको घरलाई आज एक कार्यक्रमका बिच पुर्व सांसद राजकुमार गुप्ताले हस्तान्तरण गर्नुभएको हो । पर्सागढी नगरपालिका भित्र जनता अवास कार्यक्रम अन्तर्गत ७० वटा घरहरु निर्माण भइरहेको र जसमध्ये पुर्ण निर्माण भईसकेका १४ घरलाई आज स्थानीय खेदु माझीलाई घरको साँचो हस्तान्तरण गरेर शुभारम्भ गरिएको छ ।