बीरगंज, २६ पौष ।
प्रेस मञ्च नेपालको बैठक आउने ५ र ६ गते जनकपुरमा यसका अध्यक्ष संतोष पटेलले गर्न लागेका छन् । प्रेस मञ्च नेपालको शाखाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरंग, झापा, कास्की, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दांग, कैलालीमा समेतमा भएको भए तापनि जनकपुरमा केन्द्रिय समितिको बैठक किन बसाइएको सन्दर्भमा पत्रकारहरु कतै मधेश प्रदेशको राजधानी जनकपुर बनाउनको लागि त होइन भनी शंका व्यक्त गरेका छन् । प्रेस मञ्च नेपालका अध्यक्ष संतोष पटेल पर्सा बासी भएकोले बैठक पर्सामै बसाउन नाम नछाप्ने शर्तमा एक पत्रकारले अंकुश दैनिकलाई बताए ।