वीरगंज, २६ पुष ।
बिन्दवासिनी मन्दिर परिसरमा मंगलबार कम्बल वितरण गरिएको छ । शितलहरबाट पिडित जनतालाई दुई सय कम्बल वितरण गरिएको थियो । लायन्स क्लब अफ वीरगंज र वीरगंज महानगरपालिकाको सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष संतोष तिवारीको अध्यक्षतामा मेयर बिजय सरावगीले सो कम्बल वितरण गरेका हुन ।