वीरगंज, २६ पौष ।
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष अमर राजभण्डारीको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख अरुण बस्नेत र विशिष्ट अतिथिमा पर्सामा जिल्ला सहकारी संघका राजेश पण्डित हुनुहुन्थ्यो । सो अवसरमा महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रम वीरगंज श्रीपुरमा रहेका वृद्धवृद्धालाई एक छाक खाना र एघार थान कुर्सी समेत प्रदान गरेको थियो ।