कंचनजंघा, वीरगंज पब्लिक, विद्या सदन र कादम्बरी एकेडेमी विजयी

29

वीरगन्ज , २७ पुष
म्याक्स इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङको आयोजनामा वीरगन्ज भईरहेको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिताको सातौ दिन बिहीबार कंचनजंघा, वीरगंज पब्लिक, विद्या सदन र कादम्बरी एकेडेमी विजयी भएका छन् ।
सातौ दिनको पहिलो खेलमा वीरगंज पब्लिक मावीले कादम्बरी एकेडेमीलाई हराउदै सेमिफाईनलमा प्रबेश गर्न सफल भएको छ । छात्र तर्फ बिहीबार भएको दोस्रो खेलमा कंचनजंघा मावी जित हासिल पार्दै सेमिफाईनलमा प्रबेश गरेको छ । कंचनजंघा मावीले मुनलाईट माविलाइ १८ अंकले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गर्न सफल भएको हो ।
यसैगरि तेस्रो स्थानका लागी छात्रा तर्फ भएको तेस्रो खेलमा विद्या सदन मावीले जिएचपी मावीलाई हराउदै तेस्रो स्थानको जित हासिल पारेकी छिन ।
छात्र तर्फ नै भएको चौथो र अंतिम खेलमा कादम्बरी एकडमी विजयी भएको छ । कादम्बरी एकडमीले मिनिल्याण्ड मावीलाई २५ अंकले हराएको हो ।
शुक्रबार छात्र तर्फ सेमिफाइनलका लागी २ वटा खेल हुने भएको छ । सेमिफाइनलका लागी पहिलो खेल गौतम मावी र वीरगंज पब्लिक मावी बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल कंचनजंघा मावी र जिएचपी बिच हुने प्रतियोगिताका संयोजक अमित अग्रवालले बताए ।