नबिल फाउन्डेसनद्वारा कम्बल

12

बीरगंज, २७ पुस ।
बिगत केही दिन देखी बढ्दो चिसोलाई मध्यनजर गर्दै नबिल फाउन्डेसनले आज कम्बल बितरण गरेको छ । फाउन्डेसनले पर्साको महुवन गाउँपालिका स्थित श्री राष्ट्रिय उच्च माध्यमिक बिद्यालय परिसरमा बृद्धबृद्धा, दलित, अपा·, एकल महिला, असहाय तथा गरिब घरका एक सय घरपरिवारलाई कम्वल बितरण गरिएको थियो । नबिल बैंक लिमिटेड बीरगंज शाखाका प्रबन्धक केशव नेपालीको नेतृत्वमा भएको कार्यक्रममा महुवन गाउँपालिकाका प्रमुख, श्री राष्ट्रिय दलित निमाविका प्रधानाध्यापक, नेपाल रेडक्रस सोसाईटीका स्वयंसेवक, स्थानिय एवम् नबिल बैंक बीरगंज शाखाका कर्मचारीहरुको सहभागीता रहेको बैंकका कर्मचारी सुदर्शन अर्यालले बताएका छन ।