नेवि संघद्वारा विभिन्न मांग राखी हस्ताक्षर संकलन

7

वीरगन्ज,२७ पुस ।
नेपाल विद्यार्थी संघले बिहिबार वीरगन्जमा हस्ताक्षर संकलन गरेको छ । नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेलेको नेतृत्वमा वीरगन्जको घण्टाघर चोकमा हस्ताक्षर संकलन गरेको हो ।
नि:शुल्क स्वास्थ्य विमा सहित विभिन्न ७ सुत्रीय माग राख्दै देश व्यापी रुपमा नेवि संघले थालनी गरेको हस्ताक्षर अभियानलाई वीरगन्जमा युवाहरुले अत्याधिक सहयोग गरेका छन् । घण्टाघर चोकमा आयोजना गरिएको हस्ताक्षर संकलन कार्यक्रममा विद्यार्थी युवा, भद्रभलादमी सबैले हस्ताक्षर गरी उल्लेख्य रुपमा सहयोग गरेको नेवि संघका केन्द्रिय सदस्य पटेलले जानकारी दिनुभयो । उहाँले नि:शुल्क स्वास्थ्य विमा, बेरोजगार युवाहरुलाई भत्ताको व्यवस्था, शैक्षिक प्रमाणपत्र धितो राखि सहुलियत दरमा ऋणको व्यवस्था, इ लाइब्रेरी र इ क्लासको व्यवस्था, मुलुकको प्रत्येक स्थानिय तहमा प्रविधिक विद्यलायको स्थापना, मुलुक भरीकै प्रत्येक वडामा कम्तीका २ वटा वालविकास केन्द्रको स्थापना, चिसोबाट जोगाउन विद्यार्थीलाई न्यानो कार्यक्रमको व्यवस्था सरकारले गर्नुपर्ने माग रहेको केन्द्रिय सदस्य पटेलले बताउनुभयो ।