काँग्रेस नेता यादवद्धारा कम्बल वितरण 

5

बारा, १ माघ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादवले गरीब असहाय एकल महिलालाई एक कार्यक्रमका बीच कम्बल वितरण गरेका छन । कलैया उपमहानगरपालिका १ निवासी विशेश्वर यादवले उपलब्ध गराएका कम्बलहरुलाई एक कार्यक्रमका बीच वितरण गरेका हुन । विगत ११ वर्ष देखि निरन्तर रुपमा विशेश्वर यादवले बुवा लक्ष्मी प्रसाद यादव र आमा राजभटी देवी अहिरिनको नामबाट माघे संक्रान्तिको दिन नै प्रत्येक वर्ष कम्बल वितरण गर्दै आएको कार्यक्रममा आफू सहभागी हुँदै आएको बताए । यस्ता परोपकारी कामबाट समाजका गरीब, निमुखा, असहाय व्यक्तिहरुलाई ठूलो राहत पुग्ने गरेको छ । कम्बल पाएकी स्थानीय वृद्ध महिला सुनरावती देवीले चिसोको बेलामा पाएको कम्बलले चिसोबाट बच्न सहयोगी भएको बताएकी छिन ।
लगभग एक सय विपन्न, जेष्ठ नागरिकलाई वितरण गरिएको कार्यक्रममा प्रतिनिधि सभा ३ का सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य पारस साह, ज्वाला साह, मनोनित प्रदेश सभा सदस्य समिर अंसारी, पूर्व जिल्ला सभापति छठु यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको आयोजक विशेश्वर यादवले बताएका छन् ।